पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं ।   नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ र डिजल तथा मट्टितेल २ रुपैयाँले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ पर्नेछ ।भारतबाट आउने मूल्यसूची बढेर आएकाले सोअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस