गोकर्णेश्वरस्थित निर्माणाधीन घरमा युवक मृत भेटिए

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले जानकारी दिए ।

घटनाका बारेमा थप अध्ययन भइरहेको छ । स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई रु ८० लाखमा ठेक्का दिएका थिए । राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए । बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे ।

शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए । आइतबार एक्कासि भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताए । हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत चार महिनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेको पनि उनले बताए । निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राई आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर बस्ने गरेका थिए ।

मृतक राईको घरमा सम्पर्क गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्दाबन्दी शुरु भएपछि आत्महत्या गर्नेको सङ्ख्या यस क्षेत्रमा पनि बढेको जनाइएको छ । रासस

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई …

प्रतिकृया दिनुहॊस