कोरोना अपडेट : विश्वभर ५ लाख ४ हजारको मृत्यु, १ करोड २४ लाखबढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ५५ लाख ५३ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५५ लाख ५३ हजार १ सय ७ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ४हजार ३ सय ६६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड २४ लाख २ हजार ९ सय ३० छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख २८ हजार ४३७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २६ लाख ३७ हजार ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ५ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २८५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १३ लाख ४५ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५५५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५७ हजार ६५८ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ६२० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको ९ लाख ४९ हजार १९७ पुगेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस