कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ५ लाख १ हजार ८ सय ७४  जना पुगेको छ भने  १ करोड १ लाख ९  हजार ८ सय ९४  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ५४  लाख ८२  हजार २  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख २८  हजार १  सय ५२  जनाको, ब्राजिलमा ५७  ह्जार १ सय ३ जना, बेलायतमा ४३ हजार ५ सय १४  जनाको र इटालीमा ३४ हजार ७  सय १६  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ५  लाख ३०  हजार ९   सय९३  जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या १६  हजार १  सय २४  जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७ सय  ७२  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २८ जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई …

प्रतिकृया दिनुहॊस