सिद्धबाबा क्षेत्र नजिकै पहिरो खस्दा सडक अवरुद्ध

पाल्पा । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजिकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल सडकखण्डको तिनाउ गाउँपालिका-३ सिद्धबाबा नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । अविरल वर्षा भइरहेकाले पहिरो हटाउन नसकिएकोे जनाइएको छ ।

यसैबीच तानसेन-रामपुर सडकखण्डको चापगैरामा पनि सडक अवरुद्ध भएको छ । पूर्वखोला गाउँपालिका-१ चापगैरामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

वर्षा भइरहेको र ढुङ्गा झरिरहेकाले पहिरो हटाउन नसकिएको प्रनाउ गिरीले बताउनुभयो । पहिराबारे यात्रु तथा चालकलाई जानकारी नहुँदा उनीहरु बीच बाटामा नै अलपत्र परेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस