अब ३३ ठाउँबाट कोरोनाको पीसीआर परीक्षण हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड-१९ को पीसीआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।

कोभिड-१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न लागिएकाे मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा. गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाडौँ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाडौँमा प्रयोगशाला स्थापना गरिनेछ ।

अहिले मुलुकभर २३ स्थानमा पीसीआर विधिबाट कोभिड-१९ को परीक्षण हुने गर्दछ । मन्त्रालयले सम्भावित सङ्क्रमितको अवस्था हेरेर ती ठाउँमा प्रयोगशाला स्थापना गर्न थालेको हो । यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोभिड-१९ को पीसीआर विधिबाट परीक्षण हुनेछ । नयाँ ठाउँबाट कोभिड-१९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

अहिले २३ प्रयोगशालाबाट दैनिक छ हजार पीसीआर विधिबाट परीक्षण गर्दै आइरहेको छ । अहिलेसम्म २ लाख ६ हजार २ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिहे घरमा विजुली सर्ट भएर आगलागी : दुई जना घाइते, ६ लाखको क्षति

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका …

प्रतिकृया दिनुहॊस