स्कारपियोको ठक्कर दिंदा ३ जनाको मृत्यु

काठमाडौं ।मोरङको कानेपोखरी गाउँपालिका-७ पुर्व पश्चिम लोकमार्गमा बिहिवार राती भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कारपियोले बिपरीत दिशाबाट आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक फिदिम नगरपालिका-२ का ३८ बर्षीय गजेन्द्र कुमार गुरुङ र सोही मोटरसाईकलको पछाडी सवार रहेका झापाको बुद्धशान्ति गाउँपालिका-४ का ३३ बर्षिय लोकेन्द्र कुमार लिम्बु तथा उक्त स्कारपियो अनियन्त्रीत भई  नाम  ठेगना नखुलेकी अन्दाजी ४०/४२ बर्षीया महिलालाई समेत ठक्कर दिंदा तिनै जना घाईते भएका थिए ।

घाईते भएका तिनै जनालाई उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा मोटरसाईकलको पछाडी सवार रहेका लिम्बु र नाम ठेगना नखुलेकी महिलाको बाटोमा नै मृत्यु भएको थियो । मोटरसाईकल चालक गुरुङलाई भने थप उपचारको लागी बिराटनगरको नोबेल अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउना साथ मृत्यु भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस