दैलेखका युवकको आत्महत्यापछि कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  दैलेखका एक युवकको आत्महत्यापछि कोरोना संक्रमण पुष्टि भएको छ।भारतबाट १ महिनाअघि आएका ती २१ वर्षीय युवकले मंगलबार आत्महत्या गरेका  थिए।

युवकको आत्महत्यापछि (मृतकको) स्वाब संकलन गरी कोरोना परीक्षण गर्न सुर्खेत पठाइएको थियो। मृतकको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

भारतबाट आएका दैलेख दुल्लु नगरपालिका १० का ती युवक १४ दिन दुल्लु नगरपालिकामा बनाइएको ज्वाला मावि क्वारेन्टिन बसेका थिए।
आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस