लकडाउनमा नक्कली पास बेच्ने पक्राउ, विभिन्न सामान बरामद

जनकपुर । लकडाउनमा नक्कली पास बिक्री वितरण गर्ने दुई जना सिरहाबाट पक्राउ परेका छन् । लकडाउनको समय प्रमुख जिल्ला अधिकारीका सही छाप गरेको सादा प्रिन्टको पास कीर्ते बनाई बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।

लहान नगरपालिका–१ स्थित मेरो साईबर एण्ड ट्राभल्समा खान तलासी गर्दा वडा नम्बर ८ का साइबर सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतोलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए ।

दुवै जनालाई विभिन्न कार्यालयको छाप, लेटर प्याड, डेलको ल्याप्टप एक थान, ब्रदर्शको प्रिन्टर एक थान, ब्रदर्शको कलर प्रिन्टर एक थान र एचपीको पेनड्राइभ एक थानसहित नियन्त्रणमा लिएर दुवै जनामाथि लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस