एन आई सी एशिया बैंकद्वारा रू. ३० लाख घातक रोग बीमा दावी रकम भुक्तानी

काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरू माझ ल्याएको अतुलनीय तथा असिमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत यस बैंकका दुई जना ग्राहक महानुभावहरूलाई रू.१५ लाख प्रतिव्यक्तिका दरले रू.३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्नु भएका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोल्नुभएका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो ।

सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ ।

उच्च व्याजदर र अतुलनीय फाइदाले भरिपूर्ण बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न अतुलनीय बीमा सुविधा प्रदान गरिएको छ ।

यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ र सो सुविधाबाट प्राप्त हुने ग्राहकहरूलाई फाइदा साच्चिकै चमत्कारिक रहेको छ ।

यस्ता अनुपम तथा अतुलनीय सुविधाहरू भएका कारणले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहक महानुभावहरू समक्ष निकै नै लोकप्रिय बनेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस