महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग

काठमाडौं ।  महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु  गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकका हेटौंडा र टाँडी शाखाले क्रमश. मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि बैंकको हेटौंडा शाखाले  एक लाख ५० हजार र टाँडी शाखाले एक लाख ६५ हजार रुपैयाँ गरी जम्मा तीन लाख १५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष् इन्द्र प्रसाद नेपाललाई एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरे ।

त्यसैगरी, शाखाका प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख ६५ हजार रकमको चेक हस्तान्तरण गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस