फाइल फोटो

ग्रहणका समयमा स्नान गर्न देवघाट नआउन अनुरोध

चितवन । देवघाट क्षेत्र विकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न नआउन भक्तजनलाई अनुरोध गरेको छ ।

कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल सो स्थलमा ग्रहणका समयमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । समितिले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै कोरोनाको सम्भावित जोखिमका कारण घरमा नै स्नान गर्न अनुरोध गरेको हो ।

समितिका अध्यक्ष शिवराज पौडेलले मठमन्दिर र देवघाटमा बसोबास गर्ने बाहेक अन्य भक्तजनलाई स्नान गर्न नआउन आग्रह गरे । यस अगाडिका वर्षहरुमा ग्रहण लाग्दा ५० हजार हाराहारी भक्तजन स्नान गर्न आउने गरेको भए पनि यस वर्ष कोरोना भाइरसको जोखिमका कारण भक्तजनलाई नआउन अनुरोध गरिएको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस