अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्राण्ड ‘ड्रिमबेबी’ अब नेपालमा

काठमाडौं । अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्राण्ड ‘ड्रिमबेबी’ अब नेपालमा पनि सजिलै पाइने भएको छ । बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ‘ड्रिमबेबी’ अब नेपालका लागि एकमात्र आधिकारिक बितरक IMS Group अन्तर्गत IMS Little Smiles कम्पनीले ड्रिमबेबी का सामाग्रीहरु २०७७ साल असार ३ गते भित्र्याएको छ ।

संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रीमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध गरिनेछन् । ड्रिम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएकाछन् । ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् ।

बेबि ब्रान्डले धेरै अवार्डहरू जितेका छन् जस्तै:- Preferred Choice Award, Award for Excellence, Top Choice Award, Product of the Year Award, Mom’s Choice Award, Mom’s Best Award, iParenting Media Award, National Parenting Product Awards, Family Choice Award  आदि समावेश छ ।

ड्रीमबेबीका सामानहरू IMS Little Smiles शोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुनेछन् साथै अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अन्लाइन मेगास्टोर स्मार्टडोकोमा पनि उपलब्ध गराइनेछ । ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १०% छुट दिइनेछ । थप रूपमा, ग्राहकहरूले रु. ५००० वा पाँच हजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टरब्राउनको रु. ९८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिनेछ । डक्टरब्राउन अमेरिकाको उच्चस्तरीय बेबी बोतल ब्राण्ड हो ।

यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामान देखि लिएर पेसिफाइर, सिप्पि कप र अन्य धेरै छन् । अफर यहि २०७७ साल असार २१ गते सम्म मात्र मान्यता हुनेछ । ‘नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रीम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्व महसुस गर्दछौं,’ आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भने, ‘आमा बुवाको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यसकारण हामी हाम्रा नेपाली आमाबुबाको चिन्तालाई सम्बोधन गर्ने आशाको साथ ड्रीम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौं ।’के हो आइएमएस ग्रुप ?
IMS Group एक स्थानीय समूह हो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस