कोरोना अपडेट : विश्वभर ४ लाख ६२ हजारको मृत्यु, संक्रमितको संख्या ८७ लाख ५७ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ४६ लाख २५ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार ४६ लाख २५ हजार ४ सय ४५० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ६२ हजार ५१९ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ८७ लाख ५७ हजार ७३४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ३३ हजार ६७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ लाख ९६ हजार ७१८ पुगेको छ । त्यहाँ १ लाख २१ हजार ४०२ जनाको मृत्यु भएको छ भने कुल संक्रमितमध्ये ९ लाख ५६ हजार ९ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १० लाख ३८ हजार ५६८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९ हजार ९० पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९७० पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७२१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको ३ लाख ९५ हजार ८१२ पुगेको हो । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख १४ हजार २०६ जना संक्रमणमुक्त भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस