ज्योति लाईफकाे बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ग्राहकहरुलाई आफ्ना बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक गरेको छ ।

ज्योति लाईफले बीमा योजना सम्बन्धी सरल र विस्तृत जानकारीको  लागि उक्त भिडियो सार्वजनिक गरको हो ।

यो नेपालको बीमा क्षेत्रमा  नै नौलो प्रयोगको हो ।भिडियोमा ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना सम्बन्धी तथा यसले गर्ने रक्षावरण सम्बन्धी सम्पूर्ण जानकारी समावेश गरिएको छ ।

नेपालमै सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मका आर्थिक सुरक्षा सहितको योजनाको साथै यस किसिमको भिडियोहरुबाट जनताले योजना खरिद गर्नु अघि नै सम्पूर्ण जानकरी प्राप्त गर्ने हुदाँ, उपयुक्त योजना खरिद गर्न मद्दत पुग्ने इन्स्योरेन्सले जनाएकोे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस