चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई बिहीवार बेलुकी मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ।

भारत सरकारले यो खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि गरेको छैन।गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने यसले दुई शक्ति राष्ट्रबीच तनाव बढाएको थियो।

चीनले भिडन्तमा आफ्नो पक्षको क्षतिको बारेमा बोलेको छैन। भारतका भने कम्तीमा पनि ७६ सैनिक घाइते भएका छन्।दुवै देशले एकअर्कालाई भिडन्तका लागि उक्साएको आरोप लगाएका छन्।

सो क्षेत्रमा दुई देशको सिमाना राम्ररी सीमाङ्कन नभएको र भौगोलिक अवस्था परिवर्तन हुने खालको रहेको छ।इन्डिया टुडेका वरिष्ठ सम्पादक शिव अरुरका अनुसार भारतीय सैनिक मुक्त गर्ने कुरा बुधवार भएको वार्ताको प्रमुख विषय थियो।

बिहीवार दिउँसो चीनले भिडन्तमा प्रयोग गरेको भनिएको हतियारको तस्बिर सार्वजनिक भएको थियो।

बीबीसीबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस