युनियनद्धारा पत्रकारको कोरोना र दुर्घटना बीमा

अर्घाखाँची ।  नेपाल प्रेस युनियन अर्घाखाँचीले आफ्ना सदस्यहरुका लागि कोरोना बीमा र दुर्घटना बीमा गरेको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलकी सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, प्रदेश–५ कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री र नेपाली कांग्रेस ढिकुरा गाउ“ कार्यसमितिका सभापति उमेश घिमिरेको विशेष सहयोगमा फिल्डमा खटिनुपर्ने ३६ जना पत्रकारको लागि कोरोना बीमा र ६२ जना युनियनकर्मीका लागि दुर्घटना बीमा गरिएको नेपाल प्रेस यनियन अर्घाखाँचीका सभापति वीरेन्द्र केसीले बताए ।

युनियनले कोरोना (कोभिड–१९) को बढ्दो जोखिमका बाबजुद नागरिकलाई सुचना प्रवाह गर्न समाचार संकलनको लागि फिल्डमा खटिनुपर्ने पत्रकारहरुको लागि प्रतिव्यक्ति रु .१ लाख बराबरको कोरोना विमा गरेको छ ।

त्यस्तै फिल्ड रिपोटिङ गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै युनियनका सबै सदस्यहरुको लागि प्रतिव्यक्ति रु. २ लाख रुपैयाँको दुर्घटना विमा गरेको छ ।

कांग्रेस नेतृ पुष्पा भुसालले कोरोना संक्रमणको जोखिममा रहेर जनतालाई सुचना प्रवाहको काममा खटिनुपर्ने पत्रकारको स्वास्थ्य सुरक्षामा सबै निकाय गंभिर हुनुपर्ने बताए । उनले जनतालाई सही सुचना दिने काममा सर्तक रहेर समाचार संकलन गर्न आग्रह समेत गरे ।

सांसद पुष्पा भुसालले यस अघि कोरोना महामारीमा बेला अर्घाखा“चीका ६ स्थानीय तहलाई २१ हजार रुपैया“का दरले नगद सहयोग प्रदान गरेका थिए ।

सांसद निर्मला क्षेत्रीले दुर्घटनाको जोखिमका बाबजुद खटिने पत्रकारको लागि सबैले गम्भिर भएर सहयोग गर्नुपर्ने बताए।

कांग्रेस ढिकुराका सभापति उमेश घिमिरेले आम नागरिकलाई कोरोना संक्रमणबाट बच्न र जोगिनको लागि पत्रकारले प्रवाह गरेको सुचना तथा खेलेको भुमिका प्रशंसनीय रहेको बताउए।

पहिलो चरणमा कोरोनाको जोखिमलाई छल्दै विभिन्न सञ्चारमाध्यममा काम गर्ने ३६ जना पत्रकारको कोरोना विमा गरिएको र चरणबद्ध रुपमा कोरोना बीमा कार्यक्रमलाई जारी राखिने युनियनका सचिव विष्णु खनालले बताए ।

सन्धिखर्कमा शाखा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीमा कोरोना तथा दुर्घटना बीमा गर्न युनियनका अध्यक्ष वीरेन्द्र केसी, सचिव विष्णु खनाल, केन्द्रीय पार्षद प्रेमनारायण आचार्य लगायतका युनियनकर्मीको उपस्थिति थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस