युएईबाट मंगलबार र बिहीबार हुने ‘उद्धार’ उडान अन्तिम समयमा रद्द

काठमाडौं । संयुक्त अरब इमिरेट्स् (युएई) बाट आज (मंगलबार)का लागि तय भएको उडान अन्तिम समयमा रद्द भएको छ । आबुधाबीस्थित नेपाली दूतावासले मंगलबार र बिहीबारका लागि तय भएको चार्टर्ड उडान रद्द भएको औपचारिक जानकारी दिएको हो ।

कोरोना महामारीपछि नेपाल जान चाहनेहरुलाई फाराम भर्न लगाएर दूतावासले पहिलो उडानमा नेपाल जानेहरुको संख्यासेत तोकिसकेको थियो । तरदूतावासले जारी गरेको सूचनामा प्राविधिक कारण भन्दै दुबै उडान रद्द भएको सूचना सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

‘संयुक्त अरब इमिरेट्सबाट काठमाडौँका लागि १६ र १८ जुन २०२० (तदनुसार २०७७ असार २, मंगलबार र असार ४, विहीबार) का लागि तय भएका नेपाल एयरलाइन्सका चार्टर्ड उडान प्राविधिक कारणवश हाललाई स्थगन भएको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘नयाँ उडान तालिका प्राप्त हुनासाथ जानकारी गराइनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस