अलयुसुफ एक्सचेन्ज र जि.एम.इ रेमिटबीच सम्झौता

काठमाडौं । बहराईनको ख्यातिप्राप्त रेमिटान्स कम्पनी अलयुसुफ एक्सचेन्ज र जि.एम.इ रेमिटबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ ।

जि.एम.इ रेमिटको माध्यमबाट बहराईनमा रहेको अलयुसुफ एक्सचेन्ज(Alyousuf Exchange)का सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।

नेपालमाजि.एम.इ. रेमिट सँग आबद्ध ८५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै सँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।

उक्त सम्झौतामा जि.एम.इ. रेमिटप्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र अलयुसुफ एक्सचेन्ज(Alyousuf Exchange) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शायद अहेमेद अलयुसुफले हस्ताक्षर गरेका छन् ।

जि.एम.इ. रेमिटप्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस