नेपालीहरुको उद्धारमा सलाम एयरको सहयोग समस्यामा परेका १६६ जनाओमानबाट स्वदेश फिर्ता

काठमाडौं । ओमानबाट १६६यात्रु बोकेर सलामएयरको जाहाज काठमाडौँ विमानस्थलमा अबतरण गरेको छ ।

बिदेशमा बस्ने कोभिड–१९ बाट प्रभावित नेपालीदाजुभाई तथा दिदिबहिनीहरुलाई सम्बन्धित देस तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देसका राजदुताबासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किने काम प्रारम्भ भइसकेको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यबस्थापनका सम्बन्धमा ओमान स्थित नेपाली राजदुताबाससंगको सहकार्यमा सलाम एयरले नेपाली दाजुभाई तथादिदिबहिनीहरुकालागिमानवीयसहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो ।

बिपतको घडीमा ब्यबसायिक मुनाफा भन्दा पनि सेवाको भाबनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमन स्थित नेपाली महामहिम राजदुततथा राजदुताबाससंग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्त कदमलाई सकरात्मकरुपमा लिएका छन।

सलाम एयरले नेपालमाआइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ ।

नेपालमाआफ्नो हवाई सेवाविस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्थाझेल्नु परेतापनिमानवीय सेवाकालागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख …

प्रतिकृया दिनुहॊस