सुनको मुल्यमा सामान्य वृद्धि, चाँदीमा गिरावट

काठमाडौँ । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु १०० ले बढेर प्रतितोला ८९ हजार ७०० मा कारोवार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ६०० मा कारोवार भएको थियो ।

आज तेजावी सुनको मुल्य ८९ हजार २६५ कायम भएको छ । त्यस्तै, सोमबार चाँदीको मुल्य तोलामा रु १० ले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस