ला लिगामा मेसीको नयाँ किर्तिमान

काठमाडौं । स्पेनिस ला लिगामा सुपरस्टार लियोनेल मेसीले नयाँ किर्तिमान बनाएका छन् । कोरोना महामारीले स्थगित भएको ला लिगा सुचारु भएको पहिलो खेलमै एक गोल गरेर मेसीले ला लिगामा यस सिजनमा आफ्नो गोल संख्या २० पु-याएका हुन् ।

मल्लोर्काविरुद्ध बार्सिलोना ४-० ले विजयी भएको यस खेलमा गोल गरेसँगै मेसीले लगातार १२औ सिजन हरेक सिजनमा २० भन्दा बढी गोल गर्ने नयाँ किर्तिमान बनाएका हुन् । उनी ला लिगाको इतिहासमा लगातार १२औ सिजन कम्तिमा २० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

अघिल्लो साता सामान्य इन्जुरी भएपनि मेसी यस खेलमा पुरै ९० मिनेट खेलेका थिए भने एक गोल असिस्ट समेत गरेका थिए । मेसीले यस सिजनमा आफ्नो असिष्टको संख्या पनि १४ पु-याएका छन् । उनी यस सिजनको ला लिगामा अहिलेसम्म उच्च गोलकर्ता र धेरै असिष्ट गर्ने खेलाडी रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस