गुल्मीमा कोरोना संक्रमित पुरुषको मृत्यु, राती नै अत्येष्टि

काठमाडौं । गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । तम्घासस्थित आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमित ३६ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले धुर्कोट गाउँपालिका–४, जैसीथोकका ती वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार राति नै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिसकेको छ । मृतकको शव जैसीथोककै खोचेपानी सामुदायिक वनमा व्यवस्थापन गरिएको हो ।

उनी भारतबाट आएपछि क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिएको थियो । बिरामी समेत रहेका उनलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना …

प्रतिकृया दिनुहॊस