भारतमा संक्रमितको संख्या ३ लाख नाघ्यो, ८ हजार ८८४ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ११ हजार ४५८ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकैदिन संक्रमितको अहिलेसम्म कै धेरै संख्या हो ।

भारतमा कुल कोरोना संक्रमितको संख्या अहिले ३ लाख नाघेको छ । भारतमा अहिलेसम्म ३ लाख ८ हजार ९९३ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।

त्यस्तै २४ घण्टामा भारतमा ३८६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ८ हजार ८८४ पुगेको छ । भारतमा अहिलेसम्म एक लाख ५४ हजार ३३० जना ठिक भएका छन् भने एक लाख ४५ हजार ७७९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ७७ लाख ३२ हजार ९५२ पुगेको छ भने मृतकको संख्या ४ लाख २८ हजार २४८ पुगेको छ । त्यस्तै विश्वभर ३९ लाख ५६ हजार २९९ जना कोरोना संक्रमित ठिक भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस