अशक्त मानिसका दैनिकीमा सहजता प्रदान गर्दै कलरओएस डिजाइन

काठमाडौं । भरखरै डब्ल्यूएचओद्वारा प्रेशित एक रिपोर्ट अनुसार, एक बिलियन भन्दा बढी मानिसहरु कुनै न कुनै किसिमका असक्तताका साथ बाँचिरहेको प्रक्षेपण गरिएको छ। तथ्यांक अनुसार यो भनेको विश्व जनसंख्याको १५ प्रतिशत हो।

अशक्तता रहेका मानिसहरुका स्वास्थ्य हेरचाह सम्बन्धी आवश्यकता साधारण मानिसका तुलनामा धेरै हुने गर्छन् र तिनका आवश्यकता धेरैजसो समयमा पुर्ति समेत हुन पाउँदैन।

ईन्फरमेसन एक्सेसिबिलिटी प्रडक्ट आलियान्सका एक सदस्यका रुपमा ओपोको कलरओएसले सक्रियरुपमा असक्तता भएका मानिसहरु लाई सहयोग गर्न तथा दैनिकीमा मोबाइल ईन्टरनेटका माध्यमबाट अनुकुलित सुविधाहरु माथि पहुँच पुर्‍याउने पहल गरिरहेको छ।

दृश्य स्तर
दृश्य स्तरको कुरा गर्दा कलरओएसले दृष्टि अक्षमता भएका मानिसलाई टकब्याक, सेलेक्ट टू स्पिक, गेस्चर एण्ड मोसन्स र कलर एक्सेसिबिलिटी मोड लगायत फिचर्सका माध्यमबाट डिस्प्ले कन्टेन्टलाई अझ सहज तरिकाबाट बुझ्न सघाउँछ।

टक ब्याक फिचर सक्रिय गर्दा प्रयोगकर्ताले स्क्रिनमा देखाइएका कुराहरु भ्वाइस गाइड फञ्सनका माध्यमबाट सहजै पढ्न सक्छन्। साथै, स्क्रिनमा नहेरिकनै अर्को पेजमा जम्प गर्न सक्छन्। सेलेक्ट टू स्पिक फञ्सन सक्रिय गरेसंगै प्रयोगकर्ताले टेक्स्ट पोजिसनमा क्लिक गरेकै भरमा रियल टाइम भ्वाइस फिडब्याक सुन्न सक्छन्। साथै, आफ्नो आवश्यकता अनुसार प्रयोगकर्ताले वाचनको गति समेत समायोजन गर्ने सुविधा प्राप्त गर्न सक्छन्।

गेस्चर एण्ड मोसन्स फञ्सनले दृष्टि अक्षमता भएका प्रयोगकर्तालाई अझ सहज तरिका बाट एन्सर र ह्यांग अप सुविधा अन्तरक्रियात्मक तरिकाबाट अनुभव गर्न सघाउँछ। यो फञ्सन अन गरेसँगै प्रयोगकर्ताले विभिन्न सोमाटोसेन्सरी अनुभवहरु लिन सक्छन्।

यसको माध्यमबाट ईनकमिंग कल स्विकार्ने कार्यमा सहजता प्राप्त हुन्छ। उदाहरणका लागि प्रयोगकर्ताले फोन कानको नजिक लगेकै भरमा स्वचालित रुपमा कल रिसिभ गर्न सक्छन्।

रंग दृष्टिमा कमी भएका मानिसका लागि कलरओएसमा कलर एक्सेसिबिलिटी मोडपनि उपलब्ध गरिएको छ। साधारण ‘हाई कन्ट्रास्ट टेक्स्ट’का तुलनामा कलरओएसले प्रयोगकर्तालाई तिनको आवश्यकता अनुसार अक्षरको रंग परिवर्तन गर्न सघाउँछ। यो फञ्सनको उपयोग टेक्स्टका साथै लाइनियर आइकन्स, बटन्स, स्विट्चेज लगायतमा पनि गर्न सकिन्छ। यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा पढ्नुका साथै फोनको प्रयोग गर्न सक्छन्।

सुनुवाइको स्तर
कलरओएसले श्रवण अक्षमता भएका प्रयोगकर्ताहरुलाई समेत समाधान उपलब्ध गराउँछ। यसमा उपलब्ध फञ्सनले दायाँ र बाहिने च्यानलको आवाजलाई मोनो सिग्नलमा परिणत गरी एउटै कानमा दूबै च्यानलको आवाज प्रेशित गरी सुन्ने कार्यमा सहजता प्रदान गर्छ। साथै, प्रयोगकर्ताले फ्ल्याश अन कल फञ्सन अन गरी ईन कमिंग कलका बारेमा सटिक रिमाइन्डर प्राप्त गर्न सक्छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला …

प्रतिकृया दिनुहॊस