एनएमबि बैंकमा भाइवर र फेसबुकबाट खाता खोल्दा क्यास व्याक

काठमाडौं  । एनएमबि बैंकले भाइवर र मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवारमा १० प्रतिशत छुट वा रु. ५ सयसम्मको नगद फिर्ता योजना ल्याएको   छ।

दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध छ ।

बैंकले यस योजना अन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहकको लागी सावधानीपूर्वक मोबाइल बैंकिङ्ग सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरेको छ ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरमै बसी ढुक्कसंग बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौँ,’

बैंकले आफ्ना ग्राहकलाई बैंकिङ्ग अनुभव परिष्कृत भएको महसुस गराउन भाइबर र म्यासेन्जरबाटै खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याइएको जनाएको छ । ‘अहिलेको अवस्थामा यो सेवा सुरुवात गर्नु भनेको सुरक्षाको मामिलामा कुनै सम्झौताबिना ग्राहकलाई वित्तीय सेवाहरु छनौट गर्न सुरक्षित वातावरण तयार पार्नु हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस