पहिरोले काठमाडौं जोड्ने भीमफेदी-कुलेखानी सडक अवरुद्ध

हेटौंडा । शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौंडादेखि काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडक खण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिएका छन् ।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ …

प्रतिकृया दिनुहॊस