कलरओएस सेवेन (एण्ड्रोइड १०) को आधिकारिक भर्जन ओपो फोनमा उपलब्ध गरिने

काठमाडौं। वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एण्ड्रोइड १० मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलरओएस सेवेनका लागि रोलआउट प्लानको घोषणा गरेको छ ।

अप्रिल महिनादेखि नै ओपोका प्रयोगकर्ताहरुले कलरओएस सेवेनको आधिकारिक भर्जन प्राप्त गरिरहेका छन् भने रनो, फाइन्ड र ए सिरिज लगायत थप उपकरणहरु (२०) भन्दा बढी ओपोका स्मार्टफोन मोडल)मा पनि यो प्रयोगका लागि उपलब्ध हुनेछ ।

सन् २०१९ को नोवेम्बरमा घोषणा गरिए देखि नै कलरओएस सेवेनका लागि विश्वभर बाटै ओपोका प्रयोगकर्ताह?ले सकारात्मक प्रतिक्रिया दिँदै आइरहेका छन् ।

ईन्फाइनाइट डिजाइन, तिब्र र स्मुथ पफरमेन्स, सुदृढ सुरक्षा र सोलुप, फोकस मोड लगायत अत्याधुनिक फिचर्सका साथमा यो सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।

रोलआउटका बारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने, ‘कलरओएसका लागि जिम्मेवार समूहले गुणस्तरिय मापदण्डप्रति सटिक ध्यान दिँदै, प्रयोगकर्ताका प्रतिक्रियाहरुलाई पनि निकै गम्भिरता पुर्वक प्राथमिकतामा राखेका छन् ।

आधिकारिक भर्जन रोलआउट  गर्नुपर्ने हामीले ९२ हजार परिक्षकहरु मार्फत बग्सका बारेमा जानकारी र तिनका प्रतिक्रिया लिँदै हजारौँ ट्रायल भर्जनमा हजारौँ पटक परिमार्जन गरेका छौँ ।’

विश्वभरका १ सय ४० देशमा कलरओएका ३ सय ५० मिलियन प्रयोगकर्ता रहेका छन् भने, यो ८० भन्दा बढी भाषामा उपलब्ध गरिएको छ । आरएण्डडी सम’हले कलरओएस सेवन ट्रायल भर्जनका प्रयोगकर्ताह?द्वारा प्रेशित सल्लाह–सुझाव तथा प्रतिक्रियालाई विशेष प्राथमिकता दिँदै तिनले चाहेका फिचर्सह?लाई आधिकारिक भर्जनमा समावेश गरिएको छ ।

उपलब्धता ः
ओपो फाइन्ड एक्स, फाइन्ड एक्स सुपरभोक इडिशन, फाइन्ड एक्स आटोमोलि लयाम्बर्गिनी इडिशन, रेनो टेनएक्स जुम, रेनो, रेनो टु ,रेनो टूएफ, आर१७ प्रो, एफ ११प्रो र एफ११मा कलरओएस सेवेनको आधिकारिक भर्जन अहिले नै उपलब्ध गराइसकिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस