चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि भुवन, दयाराम र राजेश सिफारिस

काठमाडौं ।चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ। गत बिहीबार मन्त्रालयले दर्खास्त दिनेमध्ये तीन जनाको नाम सिफारिस गरेको हो।

मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले बताएको छ। यी तीन जना बाहेक भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डंगोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी तथा दीपक  श्रेष्ठ गरी थप सात जनाले आवेदन दिएका थिए।

पदपूर्तिका लागि आवेदन दिन मन्त्रालयले योग्यतासहितको सार्वजनिक सूचना जारी गरेको थियो। आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो। सहसचिव अर्यालका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष चयन गर्नेेछ।

गत वर्षको २९ मंसिरमा चलचित्र विकास बोर्डको तत्कालीन अध्यक्ष केशव भट्टराई कीर्तिपुरको एक पारिवारिक कार्यक्रमबाट फर्किने क्रममा हृदयाघातका कारण निधन भएको थियो। त्यसपछि खाली रहेको सो पदका लागि मन्त्रालयले वैशाख १६ सम्म आवेदन दिन सक्ने सार्वजनिक सूचना आह्वान गरेको थियो।

न्यूनतम शैक्षिक योग्यताको प्रावधान संशोधन गरेर जारी गरिएको सार्वजनिक सूचनामा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका नेपाली नागरिकलाई आवेदनका लागि आह्वान गरिएको थियो। यसअघि योग्यतामा कम्तीमा स्नातक पास गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण र प्रवद्र्धनमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने थियो। यस पटक भने प्रवीणता प्रमाणपत्र तह मात्र अध्ययन गरेको भए २० वर्षको अनुभव चाहिने उल्लेख थियो।

बोर्डमा राजनीतिक आस्थाको आधारमा अध्यक्ष नियुक्त हुने गरेकाले सिफारिस भएका तीनैजना प्रतिस्पर्धी बलिया देखिन्छन्। तत्कालीन एमालेले सांसदका लागि भुवनको पनि नामसमेत सिफारिस गरेको थियो। उनी २०७४ को संसदीय निर्वाचनमा तत्कालीन एमालेको समानुपातिक सूचीमा थिए। लामो समय नायकका रूपमा नेपाली चलचित्र उद्योगमा राज गरेका उनी निर्माताका रूपमा पनि सफल मानिन्छन्। उनले उद्योगलाई धेरै हिट चलचित्र दिएका छन्। आफ्नो अनुभवले विषम परिस्थितिमा पनि बोर्ड हाँक्ने क्षमता आफूसँग भएको भुवनको दाबी छ। राजेश सांस्कृतिक संस्थानका पूर्वमहानिर्देशक हुन्। संस्थानमा उनको कार्यकाल विवादरहित थियो।

अन्नपुर्ण पोस्टबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस