यामाहा फेसिनो १२५ सिसि नेपालमा

काठमाडौं  । नेपालको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले फ्युल इन्जेक्सन (एफआई) प्रविधि भएको पहिलो स्कुटर यामाहा फेसिनो १२५ नेपालमा सार्वजनिक गरेको छ।

कम्पनीको अनुसार    स्मार्ट मोटर जेनेरेटर’ (एसएमजी) प्रविधि राखिएको छ जसले एकै दबाबमा सजिलै इन्जिन ‘अन’हुन्छ। साथै, इन्टरनेशनल यामाहा सिरिजहरुमा जस्तै फेसिनो १२५ मापनि ‘साइड स्ट्याण्ड इन्जिन कट–अफ स्वीच’राखिएको छ।

साथै राइडरको सुरक्षालाई ध्यानमा राखेर यसमा‘युनिफाइड ब्रेकिङ्ग सिस्टम’ (युबिएस) र ‘फ्रन्ट डिस्क ब्रेक’जडान गरिएको छ।

१२५ सीसीको बीएस ६ मापदण्डको फ्युल इन्जेक्टेड इन्जिन भएको यस फेसिनोले ८.२ पिएस पावर र ९.७ एनएम टर्क जेनेरेट गर्छ।

नयाँ फिचर र नवितम प्रविधिहरु राखिएको नयाँ फेसिनो १२५ ‘क्लासिक युरोपियन स्टाइलबाट प्रभावित छ। यसको लुक्स, हेडलाइट, गेज र अन्य फिचरले क्लासिक युरोपियन स्टाइललाई देख्न सकिन्छ।

फेस्सिनो १२५एफआइ ५ भिन्नभिन्न रङ्गहरूमा आएका छन् । लकडाउको अवधिमा नागरिकको सुविधालाई ध्यानमा राखेर कम्पनीले अनलाइन र मोबाइलबुकिङको व्यवस्था मिलाएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस