मृत्यु भएकी बालिकामा काेराेना पाेजेटिभ

काठमाडौं । बाजुरा जिल्ला अस्पतालकाे आइसोलेसनमा ज्यान गुमाएकी बालिकाकाे कोरोना संक्रमणबाटै मृत्यु भएको  पुष्टि भएको छ ।

भारतबाट ८ दिन अगाडि आमाबुबासँगै   नेपाल आएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

२ वर्षीया बालिकाको आइतबार बिहान २ बजेतिर मृत्यु भएको थियो । उनको स्वाब धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा पठाएको थियो । आईतबार दिउँसो आएको रिपोर्टमा ती बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरि, मृतक बालिकाकी २३ वर्षीय आमालाई कोरोना संक्रमण पुष्टि भएको छ भने  बालिकाका बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस