स्ट्यान्डर्ड चार्टडद्धारा पासाङ ल्हामु फाउन्डेसनलाई ५८ लाख सहयाेग

काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसले पर्वतारोहण क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै पासाङ ल्हामु पर्वतारोहण फाउन्डेसनलाई ५८ लाख सहयोग गरेको छ ।

बैंकका सीईओ अनिरभ घोष दस्तीदार भन्छन्, “यस्तो कठिन र अनिश्चित समयमा हामी महामारीबाट प्रभावित भएका समुदायलाई सहयोग पुराउनकाे लागि यहाँ छौं भन्ने हामी प्रतिबद्धता खडा गर्न चाहान्छौं । यो समयमा धेरैले आयको श्रोत गुमाएका छन् र तिनीहरूको जिविकामा यसले नराम्रो असर पारेको छ । त्यसमा हामी उनीहरूलाई ठूलो राहत सहयोग पुराउन सक्छौं भन्ने आशा गर्दछौं ।”

फाउन्डेसनका उपाध्यक्ष नामगेल शेर्पाले उक्त सहयोग रकम बुझेका थिए । विपदको समयमा बैकंले पुराएको सहयोग प्रति आफुहरु निकै आभारी रहेको र उक्त रकमलाई निकै राम्रोसँग प्रयोग गर्ने शेर्पाले बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस