फाइल फाेटाे

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै भारतको अतिक्रमण चपेटामा

सर्लाही । नेपाल-भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाँध्ने र बाटो बनाउने जस्ता कार्य गरेका कारण दुई देशलाई छुट्याउने दशगजाको भूमि अतिक्रमणको चपेटामा परेको हो ।

साविकको सङ्ग्रामपुर, त्रिभुवन नगर, मधुवनीगोठ मलङ्गवा, हरिपूर्वा, भाँडसर, बलरालगायत ५१ किलोमिटर क्षेत्रमा गाडिएको जङ्गेपिलर, सहायक पिलर र केही साना पिलरलाई नेपाल–भारत दुवै देशका नागरिकले अतिक्रमण गर्दा अहिले पिलर ढल्ने अवस्थामा पुगेको केही स्थानीयवासीले गुनासो गरेका छन् ।

यसरी दुई देशबीचको सीमा छुट्याउन गाडिएका ३१५ पिलरमध्ये आठ जङ्गेपिलर, २० सहायक पिलर र १४० साना पिलर अत्यन्तै जीर्ण अवस्थामा पुगेको र दुई साना पिलर हराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पूर्वमा सङ्ग्रामपुरबाट पश्चिममा बलरा नगरपालिकासम्मको ५१ किलोमिटर दशगजाको ११ स्थान दशगजा अतिक्रमणको चपेटामा परेको छ । बलरा नगरपालिका–४ मा दुवैतर्फबाट दशजगा अतिक्रमण गरी घर बनाउँदा सानो पिलर घरभित्र परेको छ ।

‘घर बनाएर बस्न कतै खाली जग्गा छैन, सानो छाप्रो बनाएर बसेको छु, भत्काउन परे पनि कुनै चिन्ता छैन । छाप्रोभित्रै पिलर परेको छ’, स्थानीय अक्लेश सहनीले भने ।

दशगजा क्षेत्रमा दुवै देशले ३०–३० फिट दायाँ–बायाँ कुनै पनि कार्य गर्न वा घर टहरा बनाई अतिक्रम गर्न निषेधित गरिएको छ । सीमास्तम्भलाई सुरक्षित बनाउन दुवै देशको बराबर दायित्व भए पनि चासो नदेखाएका कारण अधिकांश स्तम्भ जीर्ण अवस्थामा पुगेका हुन् भने कतिपय भत्काइएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस