बाह्र वर्षमा खोला फर्किएन !

डम्मर बम

नेपाली उखान ‘१२ वर्षमा खोला पनि फर्किन्छ ।’ खोला फर्कियो कि फर्किएन तर जेष्ठ १५ नेपालमा ‘गणतन्त्र’ स्थापनाको १२ वर्ष पुग्यो । २०६२-६३ को जनआन्दोलनबाट लोकतन्त्र स्थापना भएपछि २३९ वर्ष लामो राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । गणतन्त्र दिवशकै अवसरमा प्रधामन्त्री केपी शर्मावलीले शुभकामना व्यक्त गरे । १२ वर्षको उपलब्धी एक लाईन शुभकामना…।

नेपाली जनताको अधिकार स्थापित गर्नका लागि पटक पटक नेपाल आन्दोलन भए । तर जुनसुकै शासशन सत्ता आएपनि नेपाली जनताले त्यसको प्रत्याभुत गर्न पाएन्न । जनताद्वारा जनताकालागि गरिने शासनलाई प्रजातन्त्र भनिन्छ । जसको प्राप्तिका लागि २००७ सालको क्रान्ति सफल भएपछि १०४ वर्षे निरङ्कुश जहानीया राणा शासन अन्त्य भयो र प्रजातन्त्र आयो । त्यसैगरी राजा महेन्द्रद्धारा प्रथम जननिर्वाचित प्रधामन्त्री विपि कोईरालाको सरकारलाई अपदस्त गरी विसं २०१७ पौष १ गते कू गरी प्रजातन्त्रको घाँटी निमोठियो ।

बैशाख ११ गतेको सम्बोधनमा ७ राजनीतिक दलको मार्गचित्र बमोजिम विघटित संसद पुनर्स्थापित गरेको घोषणा गरेपछि लोकतन्त्रको स्थापना भयो । जुनसुकै शासनसत्ता आएपनि नेपाली जनताले अझै आफ्नो अधिकार स्थापित भएको अनुभुती गर्न सकेका छैन्न । 

नेपालमा पन्चायती व्यवस्था लागु भयो । २०३३ साल पुस १६ गते विपि कोईराला लहौ पुरुष गणेशमान सिंहसहित राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर नेपाल फर्के । ०३६ सालमा भएको जनमतसंग्रह पञ्चहरुबाट धाँधली भयो । प्रजातन्त्रको पु्र्नवाहालीका लागि लहौ पुरुष गणेशमान सिंहको नेर्तत्वमा २०४६-०४७ मा जनआन्दोलन भयो अन्तत जन आवाज दबाउने प्रयासहरु विच बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको ब्यवस्था भयो । वि.सं. २०५२ सालदेखि नेपालमा नेकपा माओवादीले जनयूद्धका नाममा द्धन्द्ध शुरु गर्यो । जसको राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको स्थापनाको लागि लक्षित थियो ।

२०५८ सालमा राजा बीरेन्द्र र राजपरिवारको नारायणहिटी दरवारमा हत्या भयो । ज्ञानेन्द्र नेपालका राजाका भए । राजाभए लगत्तै राजा ज्ञानेन्द्रले देशमा संकटकालिन अवस्था लागू गरे । माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो । फलतः राजाले निर्वा्चित संसद भङ्ग गरी सत्ता आफ्नो हातमा लिए । नेपाल अधिराज्यको संविधान २०४७ मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए ।

डम्मर वम

विना संसदको देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे । सञ्चारमाध्यमहरूमा सेन्सरसिप लागु गरे । जनताको मौलिक अधिकारमा प्रतिबन्ध लाग्यो ।

विभिन्न राजनीतिक दलहरूको गठबन्धनले राजाको कदम विरूद्ध २०६२-६३ को जनआन्दोलनबाट शरु भयो । २०६३ बैशाख ८ गते राजाले एक घोषणा गरी जनताको नासो जनतामा नै फिर्ता गरेको घोषणा गरे । तर आन्दोलन मत्थर भएन त्यसपछि बैशाख ११ गतेको सम्बोधनमा ७ राजनीतिक दलको मार्गचित्र बमोजिम विघटित संसद पुनर्स्थापित गरेको घोषणा गरेपछि लोकतन्त्रको स्थापना भयो । जुनसुकै शासनसत्ता आएपनि नेपाली जनताले अझै आफ्नो अधिकार स्थापित भएको अनुभुती गर्न सकेका छैन्न ।

राजनीतिक र प्रशासनिक परिवर्तनले मुलुकमा गणतन्त्र स्थापना भएको केही छनक पाइए पनि व्यवहार, सोच, शैली र नागरिकको जीवनस्तरमा १२ वर्षको अभ्यासले पनि तात्विक फरक ल्याउन सकेको छैन ।

प्रजातन्त्रमा जनताले चुनेर पठाएका ब्यत्तिहरुले शासन व्यवस्था संचालन गर्ने गर्दछन् । राज्यले नागरिकमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको आधार हो । स्वतन्त्रता, जन मतको सम्मान, अभिब्यक्ति स्वतन्त्रता नै प्रजातन्त्रको मुलमन्त्र हुन् । गणतन्त्रात्मक शासन पद्धतिमा जनताद्वारा चुनिएका प्रतिनीधीहरुले शासन गर्ने गर्दछन् । गणतन्त्र नेपाल हुनुभन्दा अघि राष्ट्रप्रमुख हुनकालागि राजपरिवारकै वारिसले हुने व्यवस्था थियो । शाही परिवारबाट राष्ट प्रमुख नभएर जनताका छोराछोरी राष्ट प्रमुख हुने व्यवस्था आयो । तर त्यसको प्रत्याभुती जनताले गर्न पाएन्न । जनताका आधाभुत आवश्यकताहरु न्यूनत्म गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको सहज पहँुच पुग्न सकेको छैन् । गणतन्त्र दिवशकै अवसरमा शुभकामना दिदै ट्वीट गदै नेताहरु निरासावादी कुरा राखेका छन् । गणतन्त्र स्थापना र संविधान कार्यान्वयन व्यक्त गरिएका कुराले अझै नेपाली जनताको वलिदानको अवमूल्यन गरिएको आभास भएको छ ।

डा. शेखर कोइराला १२ बुदे सहमतीको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना र सहिदहरुप्रती सम्मान ब्यक्त गर्दछु। जुन लक्ष्य र अभिलाषाले गणतन्त्र स्थापना भएको हो त्यो पुरा हुन सकेको छैन र बर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको छ । यसमा सबैको खबरदारी जरुरी छ ।भीम रावल बाह्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना ! देश र जनताका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूमा हार्दिक श्रध्दाञ्जलि ! देश र जनताको स्वाधीनता, स्वाभिमान, हित र समृदिका लागि सरकार संविधान र कानून बमोजिम तथा राजनीतिक दल विधि-विधान अनुसार संचालन हुने पद्धति बलियो बनाऔं ।कमल थापा आज जेठ १५ १२बर्षअघिको त्रुटि सच्याएर नेपालको भूराजनीतिक अवस्था र सामाजिकरसांस्कृतिक परिवेश अनुकुल राजसंस्था सहितको लोकतन्त्र स्थापनागर्न आजको दिनले प्रेरणा प्रदान गरोस्। सबै अटाउने ब्यवस्थामा नै राष्ट्रिय एकता,अखण्डता र सार्वभौमिकताको रक्षागर्न तथा सम्बृद्ध नेपाल निर्माणगर्न सक्छ ।गगन थापाः संविधानमा,कानूनमा यो लेख्यौँ भनेर गर्व गरिरहँदा यथार्थमा भने’नवराज’हरूले मान्छे भएर बाँच्ने हक समेत पाउन नसकेको देख्दा लज्जाबोध भएकोछ।यस्तो अपराधको ढाकछोप गर्नेञसभ्यझहरू देखेर आक्रोशको आगो बलेको छ । नवराजहरु मान्छे हुन नपाउने! शुभकामना होइन गणतन्त्रलाई सार्थक बनाउने प्रण गर्नु छ ।रामकुमारी झाँक्री गणतन्त्र स्थापना भएको आज १२ वर्ष पुगेछ। १२ वर्षमा त राम बनबासबाट फर्केका थिएँ । नेपाली राजनितीमा वादको कुरा नगरौ।तर हाम्रो राजनितीले समाजको पिधको वर्गलाई कति सम्झियो? उनका विषय कत्तिको बहसमा आए? समीक्षा गरौं! गणतन्त्र दिवशको अबसरमा सबैमा हार्दिक शुभकामना ।विजयकुमार पाण्डे ‘मलाई दास बन्न अस्विकार्य छ । मलाई दास बन्न अस्विकार्य भएकाले , मलाई कसैको मालिक बन्न पनि अस्विकार्य छ । यी दुइ वाक्यले स लोकतन्त्र बारे मेरो धारणा बताउछन ।’ -लिंकन

खगेन्द्र संग्रौला सत्तास्तरमा कुशासन,भ्रष्टाचार,लूट र झुठ व्याप्त छ,जनस्तरमा छुवादूत,उचनीच,द्वेष र दुर्भाव व्याप्त छ। सार्वजनिक व्यवहार र आचरणमा राष्ट्रपतिमा राजा गन्हाउँछ,प्रधानमन्त्री-मन्त्रीमा ठालू गोचर हुन्छ।कस्तो गणतन्त्र ल्याइएछ भनी गम खाँदा मनै खिन्न हुन्छ,अनि के को गणतन्त्रको शुभकामना?जनताका प्रतिनिधिद्धारा व्यक्त गरिएका यस्ता निराशावादी कुराहरु संविधान लेख्ने र कार्यान्वयन गर्ने नेताहरुबाट आउन्छ, अनि आम जनताले गणतन्त्रको शुभकामना कसरी लिने । वर्षको एक दिन शुभकामना दिने र चुनावमा मात्र जनताको अवस्थावारे सोध्ने नेपाली जनताको नेतृत्व गर्नेहरुबाट कसरी जनताले मौलिक अधिकारको अपेक्षा गर्ने । त्यसैले जनतामा निराशा होइन आशाका दिप वाल्नु जरुरी छ । त्योपनि व्यवहारिक रुपमा ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस