स्वः बोगटीको सम्झनामा स्मृति प्रतिष्ठान स्थापना गरिने

डम्मर बम

काठमाडौं । स्वर्गीय गणेश बोगटीको सम्झनामा सुदूरपश्चिम प्रदेशको डोटीमा ‘गणेश वोगटी स्मृति प्रतिष्ठान’ स्थापना गरिने भएको छ । १३ औं पुण्यतिथिका दिन गरिएको भर्चुअल मिटिंगमा बोगटीको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको सम्झनामा प्रतिष्ठान स्थापना गरिने निर्णय गरिएको हो ।

१३ औं पुण्यतिथिमा भिडियोकल मार्फत गरिएको भर्चुअल मिटिंगमा स्वः बोगटीका भाई कर्ण बोगटीको संयोजकत्वमा सो प्रतिष्ठानको स्थापना गर्ने निर्णय गरिएको छ । जेठ ३ गते भिडियोकलमै आफ्नो धारणा राख्ने क्रममा समाजसेवी गणेश बोगटीको भारतको तमिलनाडुमा हृदयघातका कारण असमायिक निधन भएको थियो ।

३७ वर्षीय बोगटी विगत १२ वर्ष देखि भारतमा समस्यामा परेका नेपालीहरुको सेवामा सक्रिय थिए । स्वः बोगटी नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रका पूर्वसह-सचिब, नेपाली कांग्रेस क्रियाशील सदस्य तथा सुदूरपश्चिमेली नेपाली समाज तामिलनाडु राज्य समितिका सचिवसमेत रहेका थिए । डोटी जिल्ला सायल गाउँपालिका ५ पटकानी स्थायीघर भएका समाजसेवी स्वः बोगटीका ३ छोरा छन् ।

‘स्वः वोगटीमा सकारात्मक सोच थियो उनि समाजमा राम्रा काम गर्न प्रेरित गर्नु हुन्थ्यो,’ डोटी सायल गाउँपालिका ३ का ईश्वर खातीले भने ‘त्यस्ता व्यक्तिको महान विचारलाई जिवनन्त दिनका लागि प्रतिष्ठानको स्थापना गरिन लागेको बताए ।’ उनले स्वः बोगटीले भारतमा नेपालीहरुलाई सहयोग गरेको चर्चा गर्दै स्थापना गरिने प्रतिष्ठान मार्फत असाहाय, अपागं र समाजमा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने बताए ।

डोटी काठमाण्डौ सम्पर्क समितिका सचिव विनोद वोगटीले स्वः बोगटीको राम्रा कुरालाई अनुसरण गर्दै उहाँको विचारलाई जीवन्तता दिनका लागि प्रतिष्ठानको स्थापना गरिने बताए । उनले बोगटीको स्वार्गारोहरणले अपुरण्ीाय क्षति भएको बताए । दाजुको सझनामा स्मृतिमा प्रतिष्ठानको स्थापना गर्ने र यसमा सहयोग गर्ने नेपालमा र भारतमा रहेका सम्पूर्णमा स्वः वोगटीका भाई कर्ण वोगटीले हार्दिक आभार प्रकट गर्नु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस