साना व्यवसायीलाई आयकरमा ७५ प्रतिशतसम्म छुट

काठमाडौं । साना व्यवसायीलाई आगामी बजेटमा ७५ प्रतिशतसम्म छुट हुने भएको छ ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्नका लागि साना व्यवसायीहरुलाई उकास्नका लागि यस्तो प्याकेज घोषणा गरे ।

अर्थमन्त्री खतिवडाले घरेलु र साना उद्योगीलाई लाग्ने आयकरमा वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीलाई ७५ प्रतिशतसम्म छुट दिने वताएका छन् ।  त्यस्तै २० लाखदेखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको उनले वजेट भाषणमा उल्लेख गरे।

त्यस्तै लघुउद्यमलाई आयकरको छुटको अवधि थप २ वर्ष थप गरी ७ वर्ष कायम गरिएको वताए ।  महिला उद्यमिद्वारा सञ्चालित लघुउद्यम ३ वर्ष थप गरी १० वर्ष पुर्याइएको छ भने  लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाइएको वताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

टेलिकमले माग्यो १२९ कर्मचारी, कुन पदका लागि कति जना ? (सूचनासहित)

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । टेलिकमले विभिन्न प्राविधिक …

प्रतिकृया दिनुहॊस