ओपो र आईईईईबीच रणनैतिक साझेदारी

चीन । ओपोले ईन्ष्टिच्यूट अफ ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईञ्जिनियरिंग (आईईई्ई)संग शैक्षिक आदान प्रदान र फाइभजी, एआई तथा बिगडाटा लगायत क्षेत्रमामानक स्थापनार्थ सहकार्यका लागि रणनैतिक साझेदारीको घोषणा गरेको छ ।

यस नयाँ पहिचान र सहकार्यका साथमा ओपोले नवप्रबर्तनको क्षेत्रमा अझ गतिलिँदै विश्वभरका उपभोक्तालाई फाइदा पु¥याउने लक्ष्यलिएको छ ।

१ सय ६० भन्दा धेरै देशमा ४ लाख सदस्यभन्दा बढी सदस्य सहितको आईईईई विश्वकै ठूलो प्राविधिक ब्यवसायिक संस्थाहो । अदृतिय प्रकाशन, सम्मेलन, प्राविधिकमानक, ब्यवसायिकतथा शैक्षिक कार्यका साथै आईईईई,एयरोस्पेस प्रणाली, कम्प्युटर्स, सञ्चार, बायोईञ्जिनियरिंग, ईलेक्ट्रिक्स, कञ्ज्यूमर ईलेक्ट्रोनिक्स्लगायत क्षेत्रमाआधिकारिकदख्खल राख्छ ।

‘फाइभजी यूगमा निहित असिमित अवसरलाई दृष्टिगत गर्दै ओपोले ईन्टेलिजेन्ट कनेक्शनको अवधारणा प्रस्ताव गरेको छ ।

हामीहाम्रो लगानी स्मार्टफोनमा मात्र सिमित नराखि सञ्चार सम्बद्ध बैज्ञानिक सोध, हार्डवेयर र कम्प्युटर बिज्ञानमा पनि अघि बढ्ने छौँ । आईईईईसंग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौँ । य

स सहकार्य मार्फत आफ्ना उत्पादनमा थप अदृतिय प्रविधि तथा सेवा समाहित गर्दै विश्वभरका उपभोक्तालाई अझ चाँडै सुदृढ प्राविधिक अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ’, ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्ष्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ।

आईईईई कम्प्युटर सोसाइटीद्वारा भरखरै खुला गरेको कर्पोरेट पार्टनरशिप प्रोग्राम अन्तर्गत ओपोलाई आफ्नो पहिलो कर्पोरेट पार्टनरका रुपमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ’, आईईईई कम्प्युटर सोसाइटीका कार्यकारी निर्देशक मेलिस्सा रसलले भने ।

ओपोेले आईईईईसंग मानक निर्धारणका साथै शैक्षिक आदान प्रदान कार्यमा समेत सहकार्य
गर्नेछ । आईईईई अन्तर्गतको मानक कमिटी डोमिनेन्ट आईईईई ८०२.११ सिरिज स्ट्यान्डर्ड फर वायरलेस नेटवर्क जस्ता विश्व भरका विभिन्न महत्वपूर्ण प्राविधिक मानकको अथर समेत हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउ फेरि महंगियो, कति पुग्यो मूल्य (मुल्यसहित)

काठमाडौं । सुनको मूल्य आज (मंगलबार) फेरि बढेको छ । सोमबार तोलाको ९० हजार २ …

प्रतिकृया दिनुहॊस