संसदमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको बजेट आज दिउँसो संघीय संसदमा पेस हुँदैछ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट पेस गर्ने भएका छन् ।

सभामुख अग्नि सापकोटाले दिउँसो ४ बजेलाई समय निर्धारण गरिएको जानकारी गराएका हुन् । सभामुख सापकोटाले त्यसअघि नै बैठककक्षमा प्रवेश गर्न दुवै सदनका सदस्यलाई अनुरोध गरे । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने हुन्छ । अर्थमन्त्री खतिवडाले आफ्नो तेस्रो बजेट पेस गर्न लागेका हुन् ।

उनले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको प्रस्तुत गरेका थिए भने चालू आर्थिक वर्षको लागि ल्याइएको दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको ल्याएका थिए । उनले ल्याएका दुवै बजेट स्रोत व्यवस्थापन र खर्चको हिसाबले कमजोर देखिएका छन् । अर्थमन्त्री खतिवडाले आफ्नो तेस्रो बजेट १६ खर्बमाथिको ल्याउने तयारी गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस