नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । बुधबार साँझ  ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो ।

अल्कोहलिक लिभर डिजिजका कारण जेठ ११ गते ललितपुरको किस्ट अस्पताल भर्ना भएका उनको १२ गते उनको स्वाब परीक्षणका लागि पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय ललितपुर स्राेतका अनुसार आज मृत्यु भएलगत्तै आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही निर्वाचन क्षेत्रकी सांसद पम्फा भुसालले पनि एक जनाको मृत्यु भएको पुष्टि गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘दुःखद खबर । ललितपुरमा पनि एकजनाको कोरोना भाइरसका कारणबाट दुखद निधन भएकोछ । मृतकप्रती हार्दिक श्रदाञ्जली र परिवारजनमा संवेदना व्यक्त गर्दछु ।’

नेपालमा काेराेना संक्रमणबाट यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा गरी चार जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा अहिलेसम्म ८८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने संक्रमितमध्ये १८३ जना उपचारपछि निकाे भइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा …

प्रतिकृया दिनुहॊस