कोरोना अपडेट : विश्वभर ३ लाख ५७ हजार बढीको मृत्यु, ५७ लाख ८८ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ३ लाख ५७ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख ५७ हजार ४ सय १४ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ५७ लाख ८८ हजार ५ सय भन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म २४ लाख ९७ हजार ३ सय निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५१९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २ हजार ९१ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ४०० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ४५ हजार ६५७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ८८ हजार ४३३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ५५ हजार १२९ जनामध्ये १७ हजार १६२ जनाको अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसको महामारीले २५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २५ हजार ५९८ पुगेको छ । एकै दिन १९ हजार ४६१ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ११ हजार ८२१ पुगेको छ । २ लाख १९ हजार ५७६ जनाको उपचार भइरहेको छ भने १ लाख ६६ हजार ६४७ जना संक्रमण मुक्त भएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ६७ हजार २४० कुल संक्रमित भएका छन् भने ३७ हजार ४६० जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३१ हजार १३९ जना कुल संक्रमित भएका छन् भने ३३ हजार ७२ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४७ हजार १०१ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ८२ हजार ९१३ कुल संक्रमित भएका छन् भने २८ हजार ५९६ जनाको मृत्यु भएको छ । यसैबीच ६६ हजार ५८४ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ८३ हजार ८४९ कुल संक्रमित भएका छन् भने २७ हजार ११८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन् ।

बेल्जियममा ५७ हजार ५९२ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ३६४ जनाको मृत्यु भएको छ । यसैबीच १५ हजार ४६५ जना निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ८१ हजार ८९५ कुल संक्रमित भएका छन् भने ८ हजार ५३३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ६२ हजार ८ सय निको भएर फर्किएका छन् ।

मेक्सिकोमा ७४ हजार ५६० जना संक्रमित भएका छन् भने ८ हजार १३४ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा अहिलेसम्म ५२ हजार २१९ जना निको भएर फर्किएका छन् । इरानमा एक लाख ४१ हजार ५९१ कुल संक्रमित भएका छन् भने ७ हजार ५६४ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ११ हजार १७६ जना निको भएर फर्किएका छन् ।

चीनमा अहिलेसम्म ८२ हजार ९९३ कुल संक्रमित भएका छन् भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार २८० निको भएर फर्किएका छन् । भारतमा एक लाख ५८ हजार ८६ संक्रमित भएका छन् भने अहिलेसम्म ४ हजार ५३४ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म ६७ हजार ७४९ जना निको भएर घर फर्किएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस