सूदुरपश्चिम प्रदेशको अछामबाट बर्दिया आएका १ जनाको क्वारेन्टाइनमै मृत्यु

काठमाडौं। बर्दियाको गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ।

गुलरिया नगरपालिका -९ घर भएका ५५ वर्षीय पुरुष सूदुरपश्चिम प्रदेशको अछामबाट फर्किएपछि मंगलबार उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

बुधबार बिहान  उनको क्वारेन्टाइनमै मृत्यु भएको छ । मृत्यु के  कारणले भएको हो खुलेको छैन ।

उनको स्वाब परीक्षणका लागि निकालिएकको छ । स्वाब नमूनाको रिपोर्ट आएपछि मात्र मृत्युको एकिन हुनेछ  र मात्र मृतकको शवको व्यवस्थापन हुने स्रोतले बताएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आफै चढेर आएको बसले हान्दा तीर्थयात्रीको मृत्यु

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस