कोरोना अपडेट : विश्वभर ३ लाख ४६ हजारको मृत्यु, साढे ५४ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ३ लाख ४६ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख ४६ हजार ६ सय ७५ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ५४ लाख ९७ हजार ६ सय भन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म २३ लाख १ हजार ९ सय निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६०३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार २८६ पुगेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ८५ हजार १६७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ५१ हजार ५८४ जना उपचारपछि निको भएका छन् ।

रुसमा कोरोना भाइरसबाट ३ लाख ४४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ५९९ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ४४ हजार ४८१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १५३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ५४१ पुगेको छ । २ लाख २७ हजार ६४१ जनाको उपचार भइरहेको छ भने १ लाख १३ हजार २९९ जना संक्रमणमुक्त भएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ५९ हजार ५५९ कुल संक्रमित भएका छन् भने ३६ हजार ७९३ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २९ हजार ८५८ जना कुल संक्रमित भएका छन् भने ३२ हजार ७८५ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४० हजार ४७९ जना निको भएर फर्किएका छन् ।

स्पेनमा २ लाख ८२ हजार ८५२ कुल संक्रमित भएका छन् भने २८ हजार ७५२ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ८२ हजार ५८४ कुल संक्रमित भएका छन् भने २८ हजार ३६७ जनाको मृत्यु भएको छ । यसैबीच ६४ हजार ६१७ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा ३ लाख ६३ हजार ६१८ जना संक्रमित भएका छन् भने २२ हजार ७१६ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख ४९ हजार ९११ जना ठिक भएका छन् । बेल्जियममा ५७ हजार ९२ कुल सङ्क्रमित भएका छन् भने ९ हजार २८० जनाको मृत्यु भएको छ । यसैबीच १५ हजार २७२ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ८० हजार ३२८ कुल संक्रमित भएका छन् भने ८ हजार ३७१ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ६० हजार ३ सय जना निको भएर फर्किएका छन् । इरानमा एक लाख ३५ हजार ७०१ कुल संक्रमित भएका छन् भने ७ हजार ४१७ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५ हाजर ८०१ जना निको भएर फर्किएका छन् ।

मेक्सिकोमा ६५ हजार ८५६ जना संक्रमित भएका छन् भने ७ हजार १७९ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा अहिलेसम्म ४४ हजार ९१९ जना निको भएर फर्किएका छन् । क्यानाडामा ८४ हजार ६९९ जना संक्रमित भएका छन् भने ६ हजार ४२४ जनाको मृत्यु भएको छ । त्यस्तै ४३ हजार ९८५ जना ठिक भएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय नाघेको छ । त्यहाँ भाइरसको संक्रमणबाट ४ हजार २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १५६ जनाको मृत्यु भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना …

प्रतिकृया दिनुहॊस