काठमाडौं । आइतवार बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमित थपिएका छन् । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना तथा बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिकृया दिनुहॊस