जग्गा विवादमा कुटपिट हुँदा एक व्यक्तिको मृत्यु

सप्तरी । सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हुँदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए ।

जग्गाको विषयमा छिमेकीसँग गत वैशाख १३ गते विवाद भएको थियो । सो विवादका क्रममा कुटपिट हुँदा उनको टाउको र खुट्टामा गम्भीर चोट लागेपछि उनलाई गजेन्द्रनारायाण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको थियो ।

वैशाख २७ गते अस्पतालले उनलाई डिस्चार्ज गरेपछि घरमै औषधि खाएर उपचार गराइरहेको अवस्थामा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै कुटपिटमा संलग्न रहेकाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस