कोरोना अपडेट : विश्वभर ३ लाख ३९ हजारले ज्यान गुमाए, ५३ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ३ लाख ३९ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख ३९ हजार ९ सय २२ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ५३ लाख १ हजार ८ सय भन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म २१ लाख ५८ हजार ४ सय निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार २५८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९७ हजार ६३५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ४४ हजार ६३२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ९७ हजार २८६ जना उपचारपछि निको भएका छन् ।

रुसमा कोरोना भाइरसबाट ३ लाख २६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ८९४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख २६ हजार ४४८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १५० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार २४९ पुगेको छ । २ लाख २३ हजार ३७४ जनाको उपचार भइरहेको छ भने ९९ हजार ८५५ जना संक्रमणमुक्त भएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ५४ हजार १९५ कुल संक्रमित भएका छन् भने ३६ हजार ३९३ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २८ हजार ६५८ जना कुल संक्रमित भएका छन् भने ३२ हजार ६१६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३६ हजार ७२० जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ८२ हजार २१९ कुल संक्रमित भएका छन् भने २८ हजार २८९ जनाको मृत्यु भएको छ । यसैबीच ६४ हजार २०९ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ८१ हजार ९०४ कुल संक्रमित भएका छन् भने २८ हजार ६२८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा ३ लाख ३० हजार ८९० जना संक्रमित भएका छन् भने २१ हजार ४८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख ३५ हजार ४३० जना ठिक भएका छन् । बेल्जियममा ५६ हजार ५११ कुल सङ्क्रमित भएका छन् भने ९ हजार २१२ जनाको मृत्यु भएको छ । यसैबीच १५ हजार १२३ जना निको भएर फर्किएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख २५ हजार नजिक पुगेको छ । एकै दिन थप ६ हजार ५६८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख २४ हजार ७९४ पुगेको हो । त्यहाँ कोरोना भाइरसको संक्रमणबाट ३ हजार ७२६ जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस