राजस्थानदेखि नेपालसम्मको यात्राः पलियामा कोरोना हटस्पट

डम्मर बम ।

लामो समयदेखि लकडाउनका कारण भारतका विभिन्न क्षेत्रमा अलपत्र परेका नेपालीहरु नेपाल आउनेक्रम शुरु भएको छ । विशेष गरी कामको शिलशिलामा भारत गएका र लकडाउनले गर्दा रोजगारी गुमाएकाहरु बढी समस्यामा परेका छन् । पछिल्लो समय नेपाल सरकारले सीमाबाट नेपालीहरुलाई आउन सहज बनाएपछि नेपालीहरु आउने क्रम बढी रहेको छ । भारतमा रहँदा विभिन्न समस्या गुर्जिएका नेपालीहरुलाई अहिले नेपाल प्रवेश पाउँदा खुसी भएका छन् । रोजगारको शिलशिलामा भारतको राजस्थान गएका कैलालीको लम्कीका मनोज शाहसँग न्यूज दैनिकका लागि डम्मर बमले गरेको कुराकानीको आधारमा तयारी पारिएको रिपोर्ट…

  डम्मर वम

चैत्रको ८ गते कामकोे सिलसिलामा भारतको राजस्थान जान म र अरु दुई जना भाई (पुर्ण र चौधरी) घरबाट निस्कियौ । त्यतीबेला नेपाल र भारतमा स्थिती सामान्य नै थियो । नेपाल भारतसीमा गौरीफन्टामा ज्वरोको तापक्रम नापेर जयपुरको बसमा यात्रा तय गर्यौ । बसमा कसैलेपनि मास्कको प्रयोग गरेका थिएन्न । त्यो बेलासम्म भारतमा समेत कोरोनाबाट प्रभावितहरुको संख्या न्यून मात्रामा थियो । बसको यात्रा क्रममा अर्को दिन हामी जानु पर्ने ठाउँमा कफ्र्यू जारी गरेको सूचना प्राप्त भयो । राजस्थानको भिलवाडा जानुपर्ने हामी आफन्त रहेको ठाउँ मार्च २१ तारीकका उदयपुर गयौ ।

त्यो पहल दाजु नेत्रले गर्नुभएको थियो । हामीले त्यो बसमा नेपाल आउने सोचेका थियौँ, तर नेपालको सीमा नेपालीलाई जान नदिएको भन्ने खबर पाएर हामी त्यतै बस्यौ ।

उदयपुरको अशोकनगरको नवभारत स्कुलमा काम गर्ने दाजु नेत्रहादुर शाही कहाँ हामी बस्यौ । त्यहाँको एकदुई दिनको कफ्र्यू होला, भनेर हामीले त्यती वास्ता गरेनौ । २२ मार्चमा केन्द्र सरकारले देशव्यापी रुपमा पहिलो चरणको जनता कफ्र्यूको घोषणा गर्यो । यो पहिलो चरणको लकडाउनपछि केही विकल्प निस्किने छ, या त हामी घरजान सक्छौ, या काममा जान सक्छौ । लकडाउन त झन् झन बढ्न थाल्यो । एक त हामी तीन जना पहिले देखि दाजुको काम गर्ने ठाउँमा थियौ । जनता कफ्र्यू आइतबार थियो हामीले आफुले काम गर्ने ठाउँमा सम्पर्क गर्दा सोमवारदेखि काम सूचारु संकेत पायौ । २४ तारिकबाट त झन कडा रुपमा कफ्र्यू शुरु भयो । त्यहाँ अलपत्र परेका अरु दुई जना हामी बसेको ठाउँमा बस्न आए । हामीसँग गएका चौधरीलाई अचानक रुघाखोकी र ज्वरो आउन थाल्यो ।

मईले धेरै बर्षदेखि भारतमा काम गर्दै आएका हुनाले हामीले चौधरीलाई त्यहाँको हस्पिटलमा जाँच गर्न लैजान सजिलो भयो । त्यहाँ उनको कोरोना चेकजाँच भयो । हामी एकदमै डरायाँै । केही त हुने होईन् । चौधरीलाई हस्पिटलले भर्ना गर्यो । तीनदिन पक्ष रिपोर्ट आयो जसमा कोरोना नेगेटिभ आयो र होम क्वारेन्टाइनमा बस्नु पर्ने हस्पिटलले सल्लाहा दियो । आज खुल्छ, लकडाउन भोली खुल्छ, भन्दा भन्दै झन् झन् लकडाउन थपिदै जान थाल्यो । अब हामीलाई त्यहाँ बस्न समस्या भयो । सुत्नलाई त ठाउँ थियो स्कुलमा हामी थियौ, जहाँ नेत्र दाजु काम गर्नु हुन्थ्यो । तर खानलाई समस्या हुन थाल्यो । त्यहा विभिन्न संघ संस्थाले रासन त दिन शुरु गर्यो तर त्यो रासन लिन भारतको स्यायी आधारकार्ड आवश्यक पर्ने रहेछ । वाहिर निस्किन समस्या भयो । सेनिटाइनर, मास्क प्रयोग गर्ने र साबुनपानीले हातधुने नियमित रुपमा गर्नथाल्यौ । वाहिर निस्किदा पुरा तयारीका साथ सामान किन्न जानुपर्ने अवस्था थियो ।

बाटोमा एक भारतीय प्रहरीले हामीलाई चोरबाटो नेपाल पठाउन सकिने तर त्यसका लागि प्रति व्यक्ति २–३ हजार लाग्ने बतायो । उसले हामीलाई गौरीफन्टा हुँदै थारु गाउँबाट अवैध रुपमा पठाउन सकिने बतायो । तर हामीले आफु र अरु जोखिम हुने ठानेर त्यसो गरेनौं । उसले नेपाल सरकारले तपाईहरुलाई लैजादैन यसै गरी तपाईहरु जानु पर्ने बतायो ।

जयनगरमा नेपालबाट आएको बस फिर्ताको लागि स्थानीय निकायसँगको सहकार्यमा नेपाल जाने पास दिने कुरा भयो । त्यो पहल दाजु नेत्रले गर्नुभएको थियो । हामीले त्यो बसमा नेपाल आउने सोचेका थियौँ, तर नेपालको सीमा नेपालीलाई जान नदिएको भन्ने खबर पाएर हामी त्यतै बस्यौ । लामो समय त्यहाँको बसाई पछि कुनैपनि हालतमा नेपाल जाने तयारीमा हामी जुट्यौ । नेपाल आउने हामी पाँचजना थियौ । पाँचजनाका लागि एक ट्याक्सी रिर्जभ गर्यौ । १७ मेमा त्यहाँका विभिन्न संघसंस्थाको सहयोगमा हामीले पास त पायौ । त्यो ट्याक्सीलाई प्रति किलोमिटर भारतिय १२ रुपैयाँ दिने सहमती भयो । हामी सुरक्षित तरिकाले त्यहाँबाट नेपालका लागि हिड्यौ । पाँच जना मध्ये दुईजना अछाम जाने र हामी तीनजना कैलालीका थियौ । बाटोमा बसेको ठाउँबाट बनाएर ल्याएको खाने कुरा खायौ । वाटोमा मानवअधिकारवादी संस्था, परोपकार संस्थाहरुले खानेकुराहरु वाडी रहेका थिए । राजमार्गमा अवरोध गरेर मुस्किलले एउटा गाडी जान सक्ने बनाइएको थियो ।

     मनोज शाह

रातीको १२ बजे राजस्थान र यूपीको सीमा क्षेत्रमा पुग्यौ । त्यहाँ त श्रमिकहरुले वाटो अवरोध गरेका थिए । राजस्थानमा कार्यरत कामदारहरुले आफ्नो घरजान पाउनु पर्ने माग गरी वाटो अवरोध गरेका थिए । भारतीय प्रहरीले हामीलाई आन्दोलनरत पक्षसँग कुरा हुँदैछ, विहानको ६ बजे तपाईहरु जान सक्नु हुने बतायो । हामी ट्याक्सीमा सुत्यौ । विहानको ४ बजे नै वाटो सूचारु भयो । हामी गौरीफन्टा सम्मको यात्रा शुरु गयौ । दिउँसोको २ बजे हामी पलिया पुग्यौ । गौरीफन्टासम्म ट्याक्सी रिर्जभ गरिकोले हामी अगाढी बढ्यौ । पलिया देखि अलि अगाढी गौरीफन्टा नपुग्दै जंगलमा भारतिय प्रहरीले चेकजाँच पछि, मात्र नेपाल पठाउने तयारी भएको बतायो । हामी त्यहाँबाट पलिया क्वारेन्टाइन तर्फ लाग्यौ । महाराष्टबाट आएको एउटा गाडी र हाम्रो ट्याक्सी त्यतै लाग्यो । बाटोमा एक भारतीय प्रहरीले हामीलाई चोरबाटो नेपाल पठाउन सकिने तर त्यसका लागि प्रति व्यक्ति २–३ हजार लाग्ने बतायो । उसले हामीलाई गौरीफन्टा हुँदै थारु गाउँबाट अवैध रुपमा पठाउन सकिने बतायो ।

नत सामाजिक दुरीलाई ख्याल गर्यो, नत अन्य कुरालाई ध्यान दियो । त्यती धेरैजनालाई एउटा शौचालय, दुईवटा धारा थियो । वृद्धवृद्धा र बालबालिकाहरुको अवस्था देख्दा लाग्थ्यो क्वारेन्टाइनमा होइन, कोरोना हटस्पटमा पो राखेको छ ।

तर हामीले आफु र अरु जोखिम हुने ठानेर त्यसो गरेनौं । उसले नेपाल सरकारले तपाईहरुलाई लैजादैन यसै गरी तपाईहरु जानु पर्ने बतायो । हामी क्वारेन्टाइननै बस्ने भनि प्रहरीको सम्पर्कमा गयौ । प्रहरीले एउटा क्वारेन्टाईन लगेर टेम्पेचर नाप्यो हामीलाई एउटा गाडीका कोचाकोच गरेर अर्को क्वारेन्टाइनमा लग्यो । हामीले राजस्थानवाट त्यती लामो समय सुरक्षित बसेको र सुरक्षित गाडीमा आएको भएपनि सबै त्यही प्रहरी सबै खत्तम गर्यो । तीन सय जनालाई पार्टी प्यालेसमा बनाइएको क्वारेनटाइन लाइन लगाएर सुतायो । नत सामाजिक दुरीलाई ख्याल गर्यो, नत अन्य कुरालाई ध्यान दियो । त्यती धेरैजनालाई एउटा शौचालय, दुईवटा धारा थियो । वृद्धवृद्धा र बालबालिकाहरुको अवस्था देख्दा लाग्थ्यो क्वारेन्टाइनमा होइन, कोरोना हटस्पटमा पो राखेको छ । साह्यै भोक लागेको थियो, केही खानेकुरा देला भनेका त्यो साँझ केही पनि दिएन ।

दोस्रो दिन विहान १० बजेसम्म केही खानेकुरा दिने छाँटकाट नदेखे पछि एउटा ठेलावालले केरा लिएर आयो । हामीले त्यही खाएर भोकप्यास मेटायौ । दिउँसो २ बजे खाना ल्यायौ त्योपनि एउटै झिल्लीमा तैपनि भोकलागेको थियो, हामी खाना खायौ । लगत्तै सीमासम्म जानको लागि गाडी आयो हामी सबै त्यसैमा बस्यौ । हालत उही कोचाकोच कोही सुरक्षित रहन यदी कसैमा कोरोनाको संक्रमण भएको भएत सबैलाई नै जोखिम हुन्छ । सुने अनुसार पलियामा प्रहरीसँग केही स्थानमा विवाद भएको सुनियो तर हामी गौरीफन्टा तिर लाग्यौ । नेपाल प्रवेश गरेपछि डोकेबजारमा टेम्पेचर जाँच गरी सम्बन्धित ठाउँमा जानेको विवरण तयारी गरियो । लम्कीबाट भारतीय श्रमिक वोकर गएको ट्याक्टरमा फर्किने कुरा भयो ।

बरु जसरी भारतको अन्य क्षेत्रबाट आएका त्यसरी नै नाकासम्म आएर नेपाल सरकारले चेकजाँच गरेमा नेपाल सुरक्षित हुन सक्दछ, भारतको त्यो प्रवृतिले नेपाल उच्च जोखिममा पर्न सक्दछ ।

उता टीकापुरवाट आफ्ना जनता लिन बस आएको रहेछ, हामी चारजना त्यसमा नै लम्कीसम्म आयौ । अरु १३ जना ट्याक्टरमा आए । अहिले लम्कीचुहा नगरपालिकाले मोतिपुरमा रहेको राष्टिय उच्च माविमा बनाएको क्वारेन्टाइनमा छौ । अब जति दिन राखेपनि हामी खुसी छौ, नेपालमा आईपुगेका छौ । स्थानीय निकायले पलिया भन्दा राम्रो व्यवस्था गरेको छ । मलाई डर मात्र पलिया गरिएको त्यो, अवस्थाको जहाँ हामीले पालना गरेको सबै सहजगतालाई डामाडोल पारेका थियो । पलियामा जुन तरिकाले क्वारेन्टाइनमा राखेको छ, त्यसले झनबढी जोखिम बढाउन्छ । बरु जसरी भारतको अन्य क्षेत्रबाट आएका त्यसरी नै नाकासम्म आएर नेपाल सरकारले चेकजाँच गरेमा नेपाल सुरक्षित हुन सक्दछ, भारतको त्यो प्रवृतिले नेपाल उच्च जोखिममा पर्न सक्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविले भने- जीबी राईका बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट ऋण नलिएको बताएका छन्। मंगलबार सामाजिक …

प्रतिकृया दिनुहॊस