कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कारोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज भएका छन् । आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेको शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

मृतक महिला बैशाख २३ गते त्रि.वि. शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते डेलिभरी भई वैशाख २५ गते अस्पतालबाट डिस्चार्ज भएकी थिईन।

उनी डिस्चार्ज पछि घर गए पश्चात स्वास प्रस्वास सम्बन्धि समस्या र ज्वरो देखिएपछि उपचारको लागी स्थानिय अस्पतालमा उपचार गराई थप उपचारको लागी धुलिखेल अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको थियो।

मृतकलाई  कोरोना भाइरसको संक्रमणबाट नेपालको पहिलो मृत्यु घोषणा गरिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना …

प्रतिकृया दिनुहॊस