मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

काठमाडौ।नेपाल सरकारले कोरोना भाइरसको महामारीको जोखिम न्युनीकरण गर्नका लागि लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले  संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ ।

बैंकको शाखा कार्यालय विर्तामोडले सहारा नेपाल (साकोस)ले सञ्चालन गरेको “एकका लागि एक अभियान’’ लाई आर्थिक सहयोग गरेको छ । उक्त अभियानले बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्र्द आइरहेको छ ।

सहयोग रकम बैंकका प्रदेश नं १ का क्षेत्रिय प्रमुख मनोज बिष्ट र विर्तामोड शाखाका शाखा प्रमुख हरि ओझाले एकका लागि एक अभियानका संयोजक  महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेका थिए ।

बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारीतिलबहादुर गुरुङ्गले बताएका छन्  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

स्ट्यान्डर्ड चार्टडद्धारा पासाङ ल्हामु फाउन्डेसनलाई ५८ लाख सहयाेग

काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसले पर्वतारोहण क्षेत्रमा परेको प्रभावलाई …

प्रतिकृया दिनुहॊस