लकडाउनमा तरकारीमा आत्मनिर्भर बन्दै काठमाडौं बासीः

#रश्मी महत

newsdainik.com

२०१९ को डिसम्बर महिनाको अन्तिम साता चीनको वुहानमा पहिलोपल्ट देखिएको कोरोना भाइरसको संक्रमण (कोभिड-१९) पछिल्लो पटक बिभिन्न राष्ट्रमा फैलिँदा नेपाल पनि  यसबाट अछुतो रहन सकेन।

यसरी विश्वमा फैलिइको कोरोना भाईरसले अरु राष्ट्रहरु झै नेपालमा पनि उच्च जोखिन ननिम्त्योस भनेर नेपाल सरकारले चैत्र १० गतेबाट लकडाउनको घोषण गर्यो। सम्वभत:  नेपालीहरुमा यस्तो स्थिति आउछ भन्ने आंकलन भएरै होला सरकारले लकडाउनको घोषणा गर्नुपुर्व नै विभिन्न खाद्यान्न पसल, डिपार्मेन्टल स्टोरहरुका र दैनिक उपभोग्य सामानहरुको पसलमा लामै भिडभाड देख्न पाइन्थ्यो।

प्रायः सबै जना खाद्यान्न स्टोर गरेर राख्नुपर्छ भन्ने मनस्थिति बनाएर सामानहरु आवश्यकता भन्दा बढी खरिद गरिरहेको देख्न पाईन्थ्यो।

तर भान्सामा सबै सामान स्टोर गरेर राख्न मिल्ने भए ता पनि दैनिक रुपमा चाहिने तरकारी भने बढिमा एक हप्ताको लागी मात्र स्टोर गरेर राख्न सकिन्छ।

त्यसैले होला गाउँमा भन्दा पनि  शहर बजारमा तरकारीको समस्या देखिदै आएको छ। अहिले लकडाउन लम्विएसँगै मानिसहरुले यसको विकल्प भने निकै राम्रो निकालेको देखियो।

फुर्सदको यस्तो समयमा मानिसहरु घरमै रहने र घरायसी काम बाहेक खासै कामको चाप पनि नहुने हुनाले मानिसहरुले आफ्नो घरको छत, घर वरपर खाली रहेको स्थान, विभिन्न उपयोग विहिन रहेका भाडाहरु, वरपर खाली रहेको बाझो जग्गा, प्लटीङ गरि राखेको जग्गा समेत खनजोत गरिरहेको देख्न पाइन्छ।

कतै कतै भने सामुहिक रुपमा खनजोत गरी चाडै फसल निकाल्न सकिने तरकारी जस्तै साग, फर्सी, घिरौला, बोडी, खुर्सानी लगाएतका मौसम अनुसारका तरकारीहरु लगाइरहेका छन्। यस अर्थमा कोरोनाको कारण विश्वमा मर्नेको संख्या वढ्दै गइरहेको र नेपालमा समेत यसले भयावह स्थिति सृजना गर्नसक्ने  अवस्थामा   बन्दाबन्दीको अवधी अझै बढ्न सक्ने  स्थितिको आंकलन गर्दा  मानिसहरुको  तरकारी खेति प्रतिको लगाव भने साच्चै नै बन्दाबन्दी कारण सृजित फुर्सदको समयको सकारात्क उपयोगको रुपमा लिन सकिन्छ।

यसले एकातर्फ शहरबासीहरुलाई कोरोनाको कारण सृजना भएको अनावश्यक मानसिक तनावलाई व्यवस्थापन गर्न सघाएको छ भने अर्कोतर्फ लकडाउनको समयमा तरकारी खरिदको बहाना अनावश्यक रुपमा बाहिर निस्कने  प्रवृत्तिलाई समेत केही हदसम्म न्युनिकरण गरेको छ।

यस्तो अभ्यासले भविष्यमा पनि निरन्तरता पाएको खण्डमा भने शहरका हरेक घरपरिवारले आफुलाई न्युनतम आवश्यक पर्ने तरकारीमा केही हदसम्म आत्मनिर्भर हुन सक्नेछन् र सिक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस