काभ्रेका अधिकांश क्वारेन्टिन रित्तिए

काभ्रेपलाञ्चोक । विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा गत चैतदेखि व्यवस्थित गरिएका अधिकांश क्वारेन्टिन हाल रित्तो अवस्थामा छन् । चार स्थानमा रहेका क्वारेन्टिनमा हाल १२ जनाको उपचार हुँदै थप परीक्षणको तयारी भइरहेको जनाइएको छ ।

धुलिखेल अस्पतालमा चार जनाको आइसोलेशनमा उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । हालसम्म जिल्लास्थित स्थानीय तहलगायत विभिन्न स्थानका क्वारेन्टिनमा ३४२ श्यया (बेड) व्यवस्थित गरिएको हो ।

धुलिखेल नगरपालिकामा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८, पाँचखालमा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर नगरपालिकामा १५, चौँरीदेउराली गाउँपालिकामा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोलामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकका १३ स्थानीय तहले एकएक क्वारेन्टिन व्यवस्थित गरेका छन् ।

धुलिखेल अस्पतालमा आठ, बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच र बनेपास्थित नेपाल रेडक्रस सोसाइटीमा पाँच श्ययाको आइसोलेसन वार्ड छन् । पोष्टका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले पाँचखाल नगरस्थित क्वारेन्टिनमा दुई, बनेपास्थित शिर मेमोरियल अस्पतालमा एक, चौँरीदेउराली गाउँपालिकामा सात र नमोबुद्ध नगरस्थित क्वारेन्टिनमा दुईको उपचार भइरहेको जानकारी दिए ।

अन्य केही क्वारेन्टिनमा बसेकाहरुको दोस्रो परीक्षण तथा क्वारेन्टिन बसाइको समयावधि सकिएपछि घर फर्किएका हुन् ।

झाका अनुसार प्रारम्भिक परीक्षण आरडिटीमा पोजेटिभ देखिएकालाई क्वारेन्टिनमा राखेर उपचार गरी पिसिआर परीक्षण गर्ने गरिएको छ । हालसम्म आरडिटी गरी पोजेटिभ देखिएकामा पिसीआर गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको पोष्टले जनाएको छ । पोष्टका अनुसार हालसम्म विदेशबाट काभ्रेपलाञ्चोक घर फर्किएकासमेत गरी एक हजार ३३५ जनाको आरडिटी भइसकेको छ भने १७२ को पिसिआर प्रविधिबाट कोरोना भाइरस परीक्षण भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस